स्थानीय तहको निर्वाचन अघि नै ५०–५० प्रतिशतका आधारमा मिलेर चुनाव लड्न एमालेले प्रस्ताव गरेको प्रचण्डको खुलासा

स्थानीय तहको निर्वाचन अघि नै ५०–५० प्रतिशतका आधारमा मिलेर चुनाव लड्न एमालेले प्रस्ताव गरेको प्रचण्डको खुलासा

बैद्य, विप्लव, बाबुरामलाई एकतामा आउन अपील

  • आइतवार, साउन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

साउन ८ काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेताहरुले पहिलो चरणको स्थानीय निर्वाचन पूर्व नै सहकार्य गरेर एउटै चुनाव चिन्हमा मिलेर चुनाव लड्न प्रस्ताव गरेको खुलासा गर्नु भएको छ ।
पार्टी केन्द्रीय सचिवालयको बैठकले गरेको निर्णय सार्वजनिक गर्न पेरिसडाडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले एमाले उपाध्यक्ष बामदेव गौतमले पहिलो चुनावमै ५०–५० प्रतिशत हिस्सा लिने गरी चुनावमा मिलेर जान प्रस्ताव गरेको दावी गर्नु भयो । त्यस पछि दोस्रो चरणको निर्वाचनमा मिलेर जान एमाले अध्यक्ष ओलीले पनि प्रस्ताव गरेको दाहालको दावी थियो ।
अहिलेको निर्वाचनमा एमाले ठूलो भए पनि र माओवादी सानो भए पनि दुवैको घमण्ड तोडिएको दावी गर्दै निर्वाचन जो सुकैले जीते पनि निर्वाचन गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।
काग्रेसको पनि घमण्ड तोडिदै गएको चर्चा गर्दै उहाले निर्वाचनमा कमजोर परिणाम आउनुको कारण कार्यदिशाको स्पष्टताको कमी, पाटी विभाजनको असर र संगठनभित्रको अराजकता मुख्य समस्या रहेको बताउनु भयो । यसैगरी बैठकले पार्टी एकता प्रकृया अघि बढाउन बैद्य, विप्लव र बाबुराम लाई अपील गर्ने निर्णय गरेको दाहालले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ