काठमाण्डौं साउन ७ । नेकपा माओवादी केन्द्रको सचिवालयको बैठक केही दिन यता जारी छ । त्यस बैठकमा पार्टीले चुनाव हार्नुको विषय र संगठनको विषयमा छलफल चलिरहेको छ ।
यसै मेसोमा शुक्रबार बोल्ने क्रममा बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निकै कड्किनु भयो । उहाँले पार्टी भित्र जनयुद्ध लडेर आएकाहरुले बन्दुक बोक्ने र नबोक्ने भन्दै एकतामा आएको आफ्नो टिममाथि लगातार प्रश्न गरिएको भन्दै यस विषयमा कहिले सम्म स्पष्टीकरण दिईरहनु पर्ने हो भनी नेतृत्वलाई प्रश्न गर्नु भएको छ ।
जनयुद्ध थरी र जनआन्दोलन थरी रहेका क्रान्तिकारीहरु एकता भएको कुरा स्पष्ट पार्दै उहाले पार्टी भित्र फरक व्यवहार गर्नु उचित नहुने भन्दै आक्रोस व्यक्त गर्नुू भयो ।
त्यसो भए त कार्लमाक्र्स , एंगेल्सले पनि बन्दुक बोक्नु भएको थिएन , उहाहरु क्रान्तिकारी हो कि होईन श्रेष्ठले प्रश्न गर्नु भयो ।
अहिले पार्टीमा नयाँ पुस्तालाई भित्र्याएर व्यापक मात्रामा जिम्मेवारी दिनु पर्नेमा श्रेष्ठले जोड दिनु भएको छ । एक सचिवालय सदस्यले बताउनु भयो ।
बैठक आज पनि जारी रहने जनाईएको छ ।