युवतीलाई कुटपिट गर्ने बाबु सहित पाँच जनाबिरुद्ध मुद्दा दायर, प्रहरी निरीक्षकमाथिसमेत विभागीय कारबाही

युवतीलाई कुटपिट गर्ने बाबु सहित पाँच जनाबिरुद्ध मुद्दा दायर, प्रहरी निरीक्षकमाथिसमेत विभागीय कारबाही

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

बुटवल, ६ साउन । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी प्रमुख प्रहरी निरीक्षकमाथिसमेत विभागीय कारबाही थालिएको छ ।

तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीमाथि परिवारका साथै आफन्त र गाउँलेले मिलेर निर्घात कुटपिट गरेको भिडियो र प्रेम गर्ने (पीडित) युवकसँग उल्टै रु एक लाख जरिवाना लिएको खबर बाहिरिएपछि रुपन्देही प्रहरीले घटनाको छानविन गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

युवतीका बाबु इन्नर यादवसहित पाँच जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिनुभयो ।

सम्मरीमाई गाउँपालिका–६ का ४६ वर्षीय युवतीका बाबु इन्नर यादव, १८ वर्षीय युवतीको दाजु दिनेश यादव, ५५ वर्षीय युवतीको माइलो बुवा लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र स्थानीय गाउँले युवा २५ वर्षीय पशुपति कोइरीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।

प्रमुख धानुकाका अनुसार युवतीका बाबु यादवलाई प्रहरीले पक्राउ गरिसकेको र कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ । उहाँले घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संग्लन अन्य व्यक्तिहरुको खोजी भइरहेको र दोषीलाई कारबाही हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ