काठमाण्डौ , ६ साउन ।
तिमिल्सिना समाज नेपालले पोखरा महानगरपालीका कास्कीका राजु तिम्सिनालाई उपचारका लागी आर्थिक सहयोग गरेको छ ।
आज बसेको केन्द्रिय समिति बैठकले लामो समयदेखि अस्वस्थ रहि उपचार गराउदै आउनुभएका राजुलाई डेढ लाख आर्थिक सहयोग गरिएको जनाएको छ ।
जसमध्ये ५० हजार समाजका अध्यक्ष डा. रामकृष्ण तिम्सिनाले र समाजको पहलमा सरकारद्धारा १ लाख सहयोग उपलब्ध गराईएको महासचिव बाबुराम तिमल्सिनाले जानकारी दिनुभयो ।
अनामनगरस्थित केन्द्रिय कार्यलयमा बसेको बैठकले देशमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधि मध्ये तिमल्सना बन्धुहरुको खोजबिन गरी अभिलेख राख्ने र उहाँहरुलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिन कार्यक्रम पनि तय भएको उहाँले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline