क्षेत्र निर्धारण गर्दा जातीय ‘क्लष्टर’ भत्काउनु हुँदैन्: उपप्रधानमन्त्री गच्छदार

क्षेत्र निर्धारण गर्दा जातीय ‘क्लष्टर’ भत्काउनु हुँदैन्: उपप्रधानमन्त्री गच्छदार

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

विराटनगर, ६ साउन । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले क्षेत्र निर्धारण आयोग स्वतन्त्र रुपमा निष्पक्ष रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सो आयोगका अध्यक्ष तराई–मधेशको व्यक्ति भएकाले, सम्पूर्ण मधेसको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “क्षेत्र निर्धारणको क्रममा जातीय ‘क्लष्टर’लाई भत्काउनु हुँदैन् ।”

क्षेत्र निर्धारणको काम जटिल भएको प्रसंग उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले निर्धारित समयमै सन्तुलित ढंगले आयोगले आफ्नो काम पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संविधान संशोधनको प्रस्ताव पारित हुने सम्भावना नरहेको स्पष्ट पार्दै उहाँले तेस्रो चरणको निर्वाचनपछि सो प्रस्ताव पारित हुने सम्भावना व्यक्त गर्नुभयो ।

तेस्रो चरणको स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)लाई सहभागी गराउन सरकारले वातावरण बनाइरहेको बताउँदै उहाँले राजपालाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहनु भएका उहाँले स्थानीय शासन ऐन हिजो नै संसदीय समितिमा पठाइएको र द्रूतगतिमा साउन १५ गतेसम्ममा पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले ‘कार्यविधि ऐन’ पारित नहुँञ्जेलसम्मका लागि ‘कार्यदेश’बाट कार्यविधि तय गरिएकाले स्थानीय तहमा काम गर्न समस्या नरहेको बताउनुभयो ।

कर्मचारी समायोजनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले स्थानीय तहअन्तर्गत नै विभिन्न मन्त्रालयका कर्मचारी रहने भएकाले स्थानीय विकास मन्त्रालयले कर्मचारी समायोजन गर्ने कार्यमा लागेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ