कानुन नबन्दा प्रदेश लोकसेवा आयोग अन्योलमा

कानुन नबन्दा प्रदेश लोकसेवा आयोग अन्योलमा

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, ६ साउन ।

संघीय संरचना ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल नै रहेको छ । संविधानले प्रत्येक प्रदेशमा प्रदेश लोकसेवाको परिकल्पना गरेपनि गठनबारे नियम, कानुन नहुँदा अन्योल भएको हो ।

प्रदेश निर्वाचन नहुँदासम्म आयोगको गठन प्रक्रिया अन्योल रहेको लोकसेवा आयोगका सचिव मधुप्रसाद रेग्मीले जानकारी गराउनुभयो । उहाँले आयोगको गठन, काम, कर्तव्य र अधिकार संविधानमा नै प्रदेश कानुनबमोजिम हुने भनेपछि अहिल्यै गठन गर्न नसकिने बताउनुभयो ।

“आयोगको गठन प्रक्रिया के हो भनेर संविधानमा स्पष्ट व्यवस्था छैन”, उहाँले थप्नुभयो–“प्रदेशको निर्वाचन भएपछि मात्र आयोग गठनको प्रक्रिया शुरु हुन्छ ।” संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा लोकसेवा आयोग हुने व्यवस्था उल्लेख गरिएको छ ।

लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीको परीक्षा लिन पाउने भने तापनि कसरी लिने भन्ने पनि कहीँ स्पष्ट उल्लेख गरिएको छैन । प्रदेश आयोगलाई संवैधानिक अंगका रुपमा मान्यता दिनुपर्ने भन्दै उहाँले भन्नुभयो–“यदि संविधानकै अंग बनाइएन भने प्रदेश आयोग स्वच्छ, मर्यादित बन्न सक्दैन ।”

यसैगरी लोकसेवा आयोगले संघीय निजामती कर्मचारीको भर्ना र परीक्षाका लागि प्रत्येक प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने भएको छ । आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले संघीय निजामती कर्मचारीका लागि सातवटै प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने बताउनुभयो ।

उहाँका अनुसार प्रदेश राजधानी भएका ठाउँमा आयोगको प्रदेश कार्यालय रहने छ । अहिले भएका क्षेत्रीय र अञ्चल कार्यालयलाई नै प्रदेश कार्यालय बनाउने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ