मुख्य सचिव हुदा हुदै एडीबीमा जागिर खान गए पछि सुवेदीमाथि कार्बाही, अब जगेडामा समेत बस्न नपाउने

मुख्य सचिव हुदा हुदै एडीबीमा जागिर खान गए पछि सुवेदीमाथि कार्बाही, अब जगेडामा समेत बस्न नपाउने

  • बिहिबार, साउन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौं साउन ५ । देशको कर्मचारी प्रशासनका सबै भन्दा उच्च पदमा हुदा हुदै देशकै बेईजत हुने गरी एशियाली विकास बैंकको जागिर खान गएका मुख्य सचिव सोमलाल सुवेदीलाई सरकारले राजीनामा दिलाउन लगाएको छ ।
यो राजीनामा पछि उनलाई सामान्य प्रशासन मन्त्रालयको जगेडामा राखिएको थियो तर पछि त्यो पनि खारेज भएको छ । यस अघि उनले सरकारका उच्च अधिकारीसगँ सल्लाह गरेर गएको भनेर आलोचना भए पछि बुधबार राजीनामा दिएका थिए । उनको राजीनामा आज मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेको छ ।
उनले थप तीन वर्ष सेवा गरे वापत मासिक ४५ सय रुपैया बढी पेन्सन खाने लोभमा राजीनामा नदिई एडीबी गएका थिए । उनको यो लोभी हर्कतले कर्मचारी प्रशासन मात्र नभई देशकै बदनामी भएको भन्दै चौतर्फी टिप्पणी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ