काठमाडौं ५ साउन ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न सरकारलाई पुनः दवाव दिएको छ ।
व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपाध्यक्ष भिम रावलले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गर्नुभएको छ ।
उपाध्यक्ष रावलले राष्ट्रिय सभा निर्वाचन कानुन छिटो बनाउन पनि सरकारसँग माग माग गर्नुभएको छ ।
यस्तै संसदमा बोल्दै सत्तासाझेदार नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले स्थानीय तह कार्यकारी आदेशको भरमा चलाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाले स्थानीय तहलाई कानुनको शून्यताको अवस्थामा र्पुयाउने काम सरकारबाट भएकोमा आपत्ति जनाउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline