निर्वाचन क्षेत्र निर्धारण आयोग गठन ,कार्यसम्पादनका लागि २१ दिनको म्याद

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन ,कार्यसम्पादनका लागि २१ दिनको म्याद

  • बिहिबार, साउन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ, साउन ५ ।

सरकारले प्रदेश तथा केन्द्र निर्वाचनका लागि महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।

प्रदेश सभा र संघको चुनावका लागि निर्वाचन क्षेत्र निर्धारण गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दासको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

आज बसेको मन्त्रिपरिषदको बैठकले आयोगका अन्य सदस्यमा माधव अधिकारी, विश्व कल्याण पराजुली, गणेश कार्की र योगेन्द्रराज शर्मालाई नियुक्त गरेको छ ।
आयोगलाई कार्यसम्पादनका लागि २१ दिनको म्याद दिईएको छ । आयोगले साउन २६ गतेभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।

आयोगले अहिले कायम रहेका २ सय ४० निर्वाचन क्षेत्रलाई १ सय ६५ वटामा झार्नुपर्नेछ ।

सरकारले आयोग गठन र सदस्य नियुक्त गर्दा प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्नु आवश्यक रहेपनि संविधान अनुसार आयोग गठन गरिएकाले छलफल अनिवार्य नभएको अर्थमन्त्री कार्कीको बताउनुभयो ।

यसैबिच,पूर्वमुख्यसचिव सोमलाल सुवेदीको राजीनामा सरकारले स्वीकृत गरेको छ । मुख्य सचिव पदमै रहेका सुवेदी एसियाली विकास बंैकमा जागिर खान गएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ