सिक्किमको डोकलाम क्षेत्रमा चीनले निर्माण गरीरहेको सडक रोक्न भारतीय सेना परिचालित भए पछि अब दुबैदेश बीच संभावित युद्धको खतरा मडारिएको छ । कुनै पनि बेला चीनले आक्रमण गर्न सक्ने चिन्ता भारतमा देखिएको छ तर चीनीया आग्रहलाई वेवास्ता गर्दै उसले डोकलामबाट आफ्नो सेना फिर्ता बोलाएको छैन ।
पूर्व भारतीय रक्षा मन्त्री मुलायम सिंहले संसदमा बोल्दै चीनले भारत विरुद्ध युद्धको तयारी गरीसकेको भन्दै भारतले के गरीरहेको छ भनी प्रश्न गरेका छन् ।
यदी युद्ध शुरु भयो भने अमेरीका र जापानले भारतलाई मद्धत गर्न सक्छ ? यदी त्यसो भयो भने युद्धको परिणाम अरु हुन सक्छ ? यस विषयमा अहिले ठूलो चर्चा शुरु भएको छ । भारत र चीनीया सञ्चार माध्यमहरुमा अहिले युद्ध र परिणामको विषयमा निकै टिप्पणी र चर्चाहरु शुरु भएको छ । साउथ चाईना मर्निगं पोष्टले भारतले वास्तविकता स्वीकार गर्नु पर्ने लेखेको छ ।
चीनको विस्तार चौतर्फी रुपमा भईरहेको छ । सडक, रेल,आर्थिक शक्ति र प्राविधिक विकासको माध्यमबाट चीन आफै विकसित भईरहेको छ । यसले स्पष्ट गर्दछ कि युरेशियाको भूराजनीतिमा ठूलो बदलाव भईरहेको छ । चीनको शक्तिको अनुभव ताईवान मामलाको कदममा पनि गर्न सकिन्छ । ट्रम्प आए पछि पनि अमेरीकाले एक चीन नीतिको विरुद्ध जान सकेको छैन ।
सन् २००८ पछि हिन्द महासागरमा चीनीया नौसेनाको प्रभाव लगातार विस्तार भईरहेको छ । महासागरमा चीनीया जनमुक्ति सेनाको उपस्थिति बढेको छ । भूगोलको राजनीतिमा प्राविधिक शक्तिले निर्धारण गर्दछ सधै । रेल र राजमार्गका कारण दुनियाको दुरी कम भएको छ । सम्पर्कको यस साधनद्धारा एशिया र दक्षिण एशियाको दुरी कम गर्ने प्रयास भईरहेको छ र यो काम केबल चीनले गरीरहेको छ ।
एउटा समय थियो जब शक्ति रोम, बर्लिन, मस्को र सिकागोमा केन्द्रीत थियो । तर आजको दिनमा चीन र रेल र सडक मार्फत आफ्नो पाउ पसारीरहेको छ । चीनको तीव्र गतिको रेल र राजमार्ग अमेरीकाको ट्रंक रुट्सको तुलनामा विशाल मानिएको छ । यस्तो अपेक्षा गरिदैछ कि चाडै नै मानिस र सामानको आवात जावत म्यानमारबाट बंगालको खाडी हुदै पाकिस्तानको कराचीबाट ग्रिस हुदै टर्कीको स्तानबुल सम्म शुरु हुने छ । रिपोर्टमा भनिएको छ ।
एससीएमपीले लेखेको छ चीनमा पहिलो पटक शुरु भएको रेल सेवा सिनिगंबाट ल्हासाका लागि सन २००६ मा खोलियो । अब चाडै नै यो काठमाण्डौं जोड्ने योजना छ र भारतले चाहेमा यो रेल लाईन उत्तर भारतसम्म लगिने छ ।
बंगलादेशको ढाका, ईरानको बन्दरअब्बास र पूर्वोतर भारत पनि चाडै यस आधुनिक रेल तथा रोड सेवामा सामिल हुने छ । चीनको मेरीटाईम सिल्करोड परियोजनाबाट सामुन्द्रीक व्यापारमा क्रान्तिकारी परिवर्तन आउने छ । सन् १९६० देखि नै शुरु भए पनि यो अहिले तीव्र भएको छ । चीनीया कम्पनीहरुले बन्दरगाहहरु निर्माण गरीरहेका छन् । चीन हिन्द महासागर, अफ्रीकी महासागर ब्लु ईकोनोमिक गालियारेमा पनि काम गरीरहेको छ । चीन ईन्डो चाईना प्रायद्धीप आर्थिक करीडोरसगँ जोडीरहेको छ । यो पश्चिमबाट र दक्षिण चीनसागरबाट हिन्द महासागर तर्फ अघि बढिरहेको छ । यस भन्दा अझ चाईना पाकिस्तान ईकनोमिक करिडोर र चाईना बंगलादेश म्यानमार भारत आर्थिक करीडोरसगँ जोडिनु छ । दोस्रो शब्दमा यो भन्न सकिन्छ कि स्वेज र मलक्का बाट अरबको खाडी र पूर्वी अफ्रीकाको तट एक हुने छ ।
रिपोर्ट अनुसार चीनको दृष्टि यतिमै सीमित छैन । मलक्का , ग्वद्धार, क्वाउकप्यु,श्रीलकाको ह्याम्बेनटोटालाई पनि चिन्हित गरिएको छ ।यसका साथै ईथोपियासगँ जिबुती र मोम्बास्कादेखि नैरोबीको पनि जोड्ने तयारी भईरहेको छ । साउथ चाईना मर्निगं पोष्टका अनुसार हिन्द महासागरमा सन् १९८५ पछाडी चीनीया नौसनाको गतिविधि बढेको छ ।
रिपोर्ट अनुसार चीनको चौतर्फी विस्तारबाट भारतले आफै घेरिरहेको महसुस गरीरहेको छ । सन् १९४७ पछि भारत रुसको नजिक रह्यो । तर २१ औं शताव्दी पछि भारत अमेरीकाको नजिक पुगेको छ । तर चीनको नजिक उ कहिले पुगेको छैन ।
चीन र पाकिस्तानको सामरिक सहयोग कसैबाट लुगेको छैन । चाईना पाकिस्तान ईकनोमिक करीडोरबाट पाकिस्तान आर्थिक कायापलट गर्न चाहन्छ । चीन अरुणाञ्चललाई आफ्नो तिव्वतको भुभाग मान्दछ । चीनले भारतद्धारा भुटानमाथि हस्तक्षेपको आरोप लगाउदै आएको छ भने चीन नेपालसगँ नजिकिएकोप्रति भारत चिन्तित रहदै आएको छ ।
चीनको बढ्दो प्रभावका कारण भारतलाई अमेरीका र जापानसगको सम्बन्ध नजिक भएको छ । भारत अहिले कमजोर स्थितिमा छ । जापान जस्तै अमेरीका संरक्षित छैन । यदी भारत र चीन बीच युद्ध भयो भने यो युद्ध अमेरीका र चीनबीच हुने छैन ।
भारतमाथि हुने चीनको कार्बाहीमा अमेरीका आपत्ति जनाउन सक्छ तर मौलिक रुपले यसको परिणाममा परिवर्तन आउने छैन । भारतीय सेनाको आधुनिकिकरण अत्यन्त ढिलो छ । चीन भारत भन्दा सामरीक रुपले शक्तिशाली छ । भारतले सेनाको आधुनिकिकरण जापान र अमेरीकाको सहयोगमा गरीरहेको छ । यस्तोमा चीनले आफ्नो श्रेष्ठता कम हुनु पूर्व नै भारतलाई एउटा सबक सिकाउन चाहन्छ रिपोर्टमा लेखिएको छ ।
ग्लोबल टाईम्सले लेखेको छ । यस पटक भारतले चीनीया सम्प्रभुक्ताको गंभीर उलंघन गरेको छ । चीन यस मामलामा पूर्ण रुपले तयार रहनु आवस्यक छ । नयाँ दिल्ली चीनको परिवर्तन र विकासबाट चिन्तित छ । यो उक्सावटपूर्ण कदमबाट चीनको ध्यान विकासबाट अन्तै मोड्न चाहन्छ ।
विविसीबाट अनुवादित