शर्मामाथिको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा पूर्ण इजलासमा 

शर्मामाथिको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा पूर्ण इजलासमा 

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं , ४ साउन ।

आन्तरिक राजश्व बिभागका निलम्बित महानिर्देशक चुणामणी शर्मामाथिको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाउने भएको छ ।

६ दिन लामो बहस आज सकिएपछि सर्वोच्चले शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर रिटमाथि पूर्ण इजलासमा सुनुवाई गर्ने भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै उनकी श्रीमती कल्पना उप्रेतीले बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट दायर गर्नुभएको थियो ।

यस्तै सर्वोच्चले शर्मासहित तीन जनाबिरुद्ध बिशेष अदालतमा दायर भ्रष्टचारसम्बन्धी मुद्दा यथास्थितिमा राख्न आदेश दिएको छ । अख्तियारले कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसहित आयोगका सदस्य सचिव समेत रहेका शर्मा्बिरुद्ध बिशेष अदालतमा गत आइतवार भ्रष्टचार मुद्दा दर्ता गरेको थियो ।

पूर्ण इजलाशबाट फैसला नआएसम्म सो मुद्दामाथि थप सुनुवाई तथा आदेश नदिन सर्वोच्च अदालतले बिशेष अदालतलाई भनेको हो । सर्वोच्चको निर्णयपछि रिटको टुंगो नलागेसम्म शर्मा भने अख्तियारकै नियन्त्रणमा रहने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ