प्राधिकरणद्वारा पचास करोड अठसट्ठी लाख राजश्व संकलन

प्राधिकरणद्वारा पचास करोड अठसट्ठी लाख राजश्व संकलन

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

भक्तपुर, ४ साउन । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले आर्थिक वर्ष २०७३÷७४ मा विद्युत् महसुलबाट रु ५० करोड ६८ लाख ७० हजार संकलन गरेको छ ।

आव २०७२÷७३ मा विद्युत् बिक्री वितरणबाट रु ३१ करोड ७६ लाख ७० हजार संकलन भएकामा आव २०७३÷७४ मा रु १९ करोड रकम असुलीमा वृद्धि भएको शाखा प्रमुख विक्रम अमात्यले जानकारी दिनुभयो ।

प्राधिकरणले विद्युत् चुहावट गर्ने ३१७ जनालाई कारबाही गरी रु एक करोड २१ लाख २७ हजार, कालोसूचीमा परेका ६८ ग्राहकबाट रु ३७ लाख २५ हजार, लाइन काटिएका ४३ ग्राहकबाट रु ४० लाख ५६ हजार, पाँच हजार ग्राहकको बाकस फेर्ने र मिटर सिल गरेबापत रु २२ लाख ९१ हजार संकलन गरेको छ ।

आव २०७२÷७३ मा विद्युत् चुहावट गर्ने ७२ जनालाई कारबाही गरी रु १२ लाख ६६ हजार, कालोसूचीमा परेका ४० जनाबाट रु २३ लाख ६१ हजार र लाइन काटिएका १५७ ग्राहकबाट रु २५ लाख पाँच हजार राजश्व असुली गरेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी