राप्रपाको केन्द्रिय समिति बैठक सुरु , निर्वाचनको परिणाम निराशाजनक रहेको निष्कर्श

राप्रपाको केन्द्रिय समिति बैठक सुरु , निर्वाचनको परिणाम निराशाजनक रहेको निष्कर्श

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ , ४ साउन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुई चरणको स्थानीय तह निर्वाचनको परिणाम निराशाजनक रहेको निष्कर्श निकालेको छ ।

पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसमितिको बैठकमा राजनैतिक कार्यपत्र प्रस्तुत गर्दै पहिलो र दोस्रो चरणको निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गर्दै पार्टी एकीकरण पश्चातको परिणाम निराशाजनक रहेको बताउनुभएको छ ।

राप्रपाले अबलम्बन गरेका बिचार र नीतिको पक्षमा जनमत बलियो हुँदा समेत त्यसलाई मतमा रुपान्तरण गर्ने संगठनात्मक शक्ति अत्यन्त कमजोर रहेको प्रतिवेदनमा स्वीकार गरिएको छ ।

स्थानीय चुनावको असफलताको अध्ययन गर्न समिति गठन समेत भईसकेको अवस्थामा सुझाव सहितको प्रतिवेदन पेश भएपछि त्रुटि र कमजोरी सच्चाउने पार्टी अध्यक्षको कार्यपत्रमा उल्लेख छ ।

एउटा निर्वाचनले राप्रपाको बिचार, नीति र अडानको औचित्य र भविष्यको मुल्यांकन हुन नसक्ने बताउँदै अध्यक्ष थापाले राप्रपाबिरुद्व योजनावद्व र संगठित रुपमा फैलाईएको नकारात्मक प्रचार र भ्रमलाई चिर्न नसक्दा चुनावको परिणाममा प्रभाव परेको बताउनुभयो ।

राष्ट्रिय संकटको समाधान र देशको अग्रणी शक्तिको रुपमा स्थापित हुन राप्रपाले भावि बैचारिक, रणनीतिक एवं संगठनात्मक कार्य्दिशा अघि सारेको छ ।

राप्रपाले राष्ट्रियताको संरक्षण र सम्बद्र्वन, निर्वाचन केन्द्रित कार्ययोजना र संबैधानिक व्यवस्थासंग सहकार्य लगायतका कार्य्दिशा अघि सारेको हो ।

संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको हो ।

नयाँबानेश्वरमा सुरु भएको उक्त बैठकमा असन्तुष्ट पक्षका नेता पशुपतिशम्शेर राणाबाहेक नेताको सहभागिता छ । नवमनोनित ४२ जना केन्द्रीय सदस्यकार पूर्व केन्द्रीय सदस्य पनि उपस्थित हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ