नवलपरासीमा ४९ करोड फ्रिज

नवलपरासीमा ४९ करोड फ्रिज

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

नवलपरासी, ४ साउन । आर्थिक वर्ष २०७३/७४ मा प्राप्त सरकारी बजेटमध्ये रु ४९ करोड ४५ लाख ९५ हजार फ्रिज भएको छ ।

जिल्लाका ५८ वटा सरकारी कार्यालयबाट सो रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारीले जानकारी दिनुभयो । चालुतर्फ रु २९ करोड ८९ लाख २६ हजार तथा पुँजीगततर्फ रु १९ करोड ५६ लाख ६९ हजार फ्रिज भएको छ ।

असार महिनामा मात्र चालुतर्फ निकासा भएको रु ८५ करोड ९७ लाख ५३ हजारको १३.६२ प्रतिशत र पुँजीगत रु ३७ करोड १० लाख ३७ हजारको ३४.१६ प्रतिशत रकम खर्च भएको भण्डारीले बताउनुभयो । पचास प्रतिशतभन्दा कम रकम खर्च गर्ने गण्डक सिँचाइ डिभिजन र जिल्ला प्राविधिक कार्यालय रहेका छन् ।

जिल्लामा आठ ठूला सडक विस्तार आयोजनाअन्तर्गत रु २२ करोड २८ लाख ६० हजार विनियोजन गरिएकामा रु १६ करोड ६ लाख २३ हजार खर्च भएको छ । जिल्लाको विभिन्न कार्यालयबाट रु एक अर्ब १४ करोड पाँच लाख १६ हजार राजश्व संकलन भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी