अत्यधिक गर्मीले तराईको जनजीवन कष्टकर

अत्यधिक गर्मीले तराईको जनजीवन कष्टकर

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

लहान, ४ साउन ।

विगत केहि दिनयता बढ्ेको अत्यधिक गर्मीका कारण तराईको जनजीवन कष्टकर बनेको छ ।

बिहानैदेखि लाग्ने चर्को घामका कारण तराईका झापा , मोरङ , सुनसरी लगायतका स्थानहरुमा सर्वसाधारणको दैनिकी निकै कष्टपूर्ण हुन थालेको छ ।

यस्तै गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन पनि निकै प्रभावित बनेको छ ।
दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर÷पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन् ।

गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको देखिन्छ । चर्को घामसँगै तातो हावा चल्दा दैनिक जीवनयापनसमेत प्रभावित भएको छ ।

एक हप्ताअघिको अत्यधिक वर्षा र बाढीको कहर सकिन नपाउँदै सुरु भएको अत्यधिक गर्मीले मानिसको चहल–पहलसमेत घटेको स्थानीयवासी बताउँछन् ।

गर्मीका कारण अस्पतालमा पखला, रुघाखोकी तथा ज्वरोका बिरामीका चाप बढ्नाका साथै सर्पदंशको घटनासमेत बढ्ेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ