जिरी (दोलखा), ३ साउन । रामेछापको गोकुलगंगा गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका–५ नामाडीका ३६ वर्षीय रेवती खड्का र ४५ वर्षीया शर्मिला खड्का छन् । सोहि घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
खेतबाट फर्किने क्रममा गए राति करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि दोलखाको जिरी अस्पतालमा ल्याउने बितिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।
करेन्ट लागेर घाइते भएकी रेवती खड्काकी श्रीमती ३० वर्षीया भीमकुमारी खड्काको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
साबिक नामाडी गाविसस्थित थलारी पोखरीका तीनै जनालाई खेतमा काम गरी घाँस लिएर फर्कंदै गर्दा चुँडिएर पोलमा अड्किएको बिजलुीको तारबाट करेन्ट लागेको स्थानीयवासीले बताएका छन् ।
मृतकको शव परीक्षणका लागि जिरी अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायब निरीक्षक मोहन आचार्यले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline