बस दुर्घटनामा दुई महिलाको मृत्यु

बस दुर्घटनामा दुई महिलाको मृत्यु

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

हेटौँडा, ३ साउन । त्रिभुवन राजपथको खानेगाउँनजिक आज भएको बस दुर्घटनामा परी दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्युहुनेमा मकवानपुर कैलाश गाउँपालिका–६ का ३५ वर्षीया कमला दोङ र सो गाउँपालिका–२ का ३० वर्षीय कुल्साङ तामाङ रहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । मृतक दुबै महिला त्यो बसमा सवार थिए ।

मकवापुरको गोगनेबाट काठमाडौँतर्फ गइरहेको ना४ख ४५६७ नं को यात्रुवाहक बस त्रिभुवन राजपथको खानेगाउँनजिक अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुघर्टनमा परी घाइते ३९ जना यात्रुलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ