निर्वाचनमा भाग लिने निर्णय सहीः क्रान्तिकारी माओवादी

निर्वाचनमा भाग लिने निर्णय सहीः क्रान्तिकारी माओवादी

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौँ, ३ साउन । नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारलाई समर्थन गर्ने पार्टी निर्णय सही रहेको निष्कर्ष निकालेको छ ।

सो पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे अध्यक्ष मोहन वैद्यले आज विज्ञप्ति जारी गर्दै नयाँ दल दर्ता तथा चुनाव चिह्नको व्यवस्था नगरी थ्रेस होल्डसमेतको मान्यता तेस्र्याएर निर्वाचन गरिएको अवस्थामा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको बताउनुभयो ।

यो स्थितिमा निर्वाचन परिणाम बढी आउने पार्टीले अपेक्षा नगरेको र व्यवहारमा पनि त्यही देखिएको बैठकले निष्कर्ष निकालेको छ । बैठकले यही असोजको चौथो सातामा आयोजना गरिने राष्ट्रिय सम्मेलनको तयारीका लागि अध्यक्ष वैद्यले ‘राजनीतिक प्रतिवेदन’ र ‘नेपाली समाजको स्वरुप तथा पार्टीको आम कार्यदिशा’ नामक दुई राजनीतिक प्रस्ताव पारित गरेको छ ।

अहिलेको स्थितिमा एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यमाथि आवश्यक ध्यान दिँदै माक्र्सवाद–लेनिनवाद–माओवाद अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, क्रान्तिमा बलप्रयोगको सिद्धान्तलाई मान्ने मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहलाई आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ