अध्यक्ष थापाको राजनीतिक प्रस्ताव पारित

अध्यक्ष थापाको राजनीतिक प्रस्ताव पारित

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

उक्त प्रतिवेदन राप्रपाको भोलिदेखि शुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुने पार्टीका सहायकमन्त्री राजाराम बर्ताैलाले जानकारी दिनुभयो ।

यसैगरी महामन्त्री जयन्त चन्दद्वारा प्रस्तुत सचिवालय, अर्का महामन्त्री ध्रुवबहादुर प्रधानद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन र कोषाध्यक्ष उद्धव पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि बैठकले अनुमोदन गरिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय कार्य समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन, संगठन सुदृढीकरण, संविधान संशोधन र पार्टीकातर्फबाट सरकारमा सहभागिताबारेमा छलफल हुने सो पार्टीले जनाएको छ ।

१७ सदस्यीय कार्यसम्पादन समितिको बैठकमा १३ जना सहभागी हुनुहुन्थ्यो । पार्टीका वरिष्ठद्वय नेता लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा बैठकमा अनुपस्थित रहनुभएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ