नामावली दर्ता गर्न जनतालाई सास्ती

नामावली दर्ता गर्न जनतालाई सास्ती

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बारा,३ साउन ।  

प्रदेश र सङ्घीय निर्वाचनका निम्ति भन्दै यही साउन १ गतेदेखि सुरु गरिएको मतदाता नामावली सङ्कलन कार्यमा कछुवाको चाल देखिएको छ। नाम दर्ता गराउन जिल्लाका ग्रामीण भेगहरूबाट जिल्ला सदरमुकाम कलैयामा रहेको जिल्ला प्रशासन कार्यालय र सिमरास्थित इलाका प्रशासन कार्यालय अाइपुग्दा जनताहरूले नाम टिपाउन नपाएको गुनासो गरेका छन् ।

मतदाता नामावलीमा यसअघि नाम छुटेर यस पटक नाम दर्ता गराउन काखको सानो बच्चासहित इलाका प्रशासन कार्यालय सिमरा अाइपुग्नुभएकी बिन्दा खड्का दिउँसो ३ बजेसम्म फारमसम्म नपाउँदा निराश देखिनुहुन्थ्यो ।

आफू भर्खर मताधिकारका निम्ति योग्य भएर आफ्नो अधिकार प्रयोग गर्न नाम दर्ता गराउन आएको भन्दै सखुवाघाटकी १८ वर्षीय सुस्मिता कुँवरले मतदाता नामावली दर्ता प्रक्रिया नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहार भने झैं भएको बताउनु भयो।

हामी इलाका प्रशासन कार्यालय सिमरा पुग्दा जनताहरू कर्मचारीको अपुग भएको र काम निकै सुस्त गतिमा अघि बढेको भन्दै कुर्लिरहेका थिए । यता नामावली दर्ता गराउन बसेका कर्मचारी आफूले दैनिक १०० भन्दा बढी मतदाता नामावली दर्ता गराएको भनिरहेका थिए ।

कार्यालयमा नामावली दर्ता गराउन दैनिक ५०० भन्दा बढी जनता अाइरहेको भन्दै कार्यालय छेवैमा किराना पसल गरिबस्ने भाइकाजी श्रेष्ठले दर्ता कार्यक्रम एक महिना बढाउनुको विकल्प नभएको बताए । नेकपा एमाले लगायतका राजनीतिक दलले मतदाता नामावली सङ्कलन समयावधि १५ दिनबाट बढाएर एक महिना पुर्‍याउनुपर्ने माग गरिरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ