३ साउन,काठमाडौं । केही दिन संचारमाध्यम र सामाजिक सञ्जालमा ११ वर्षीय एक बालिका गर्भवती भएको र उनलाई गाउँ निकाला गरेको समाचारले चर्चा पाएको छ ।
भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षिया बालिकालाई २० वर्षीय छिमेकी दुर्गाबहादुर श्रेष्ठले जबरजस्ती शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन ।
यही विषयमा दलित अगुवा सरु सुनारले ११ वर्षीय बालिकालाई बलात्कारी गर्ने श्रेष्ठलाई कारवाही नगरेर उल्टै विवाह गरिदिएर गाउँ निकाला गरेको भन्दै अापत्ति जनाएकी छन् ।
‘ललाई फकाइ वा जबरजस्त ११ वर्षीयी बालकामाथि यौन शोषण गर्नु सरासर बलात्कार हो, त्यो बलात्कारिलाई पक्राउ गरी प्रहरीलाई बुझाउनुको साटो उल्टै उही अपराधीसँग किन बिवाहा गराइयो ?’ उनले नाबालिकालाई बलात्कारीसँग जबरजस्त विवाह गराउने र गाउँ निकाला गर्नेविरुद्ध अाफू कानूनी लडाइँ लड्ने बताइन् ।
स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ । बालिका श्रेष्ठकी छोरी भएपनि अामा दलितकी छोरी भएका कारण केटा पक्षले केटीलाई घरमा लिन मानेका छैनन् ।