काठमाडौँ, ३ साउन ।
लोकसेवा आयोगले सार्वजनिक संस्था र सुरक्षा निकायलाई आफ्ना विनियमावलीमा पदपूर्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्न निर्देशन दिएको छ ।
आयोगले दुई महिनाभित्र पदपूर्तिसम्बन्धी बनेका पुराना मापदण्डलाई परिमार्जन गरी आयोगले बनाएका नयाँ मापदण्ड अपनाउन निर्देशन दिएको हो
आयोगले ती संस्थाको नयाँ जनशक्ति परिपूर्ति गर्नका लागि आयोगले तोकेको मापदण्डमा विनियमावली परिमार्जन गर्न निर्देशन दिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँले ती संस्थाको विनियमावलीमा रहेका पदपूर्तिका लागि बनेका व्यवस्था भएकाले त्यसलाई परिमार्जन गर्नका लागि नयाँ मापदण्ड ल्याइएको बताउनुभयो ।
आयोगले तोकेको मापदण्डका आधारमा मात्र अब संगठित संस्थाले नयाँ जनशक्ति परिपूर्ति गर्नुपर्ने हुन्छ । आयोगले ती संस्थाको लिखित परीक्षा सञ्चालन गर्ने छ । अन्तर्वार्ता भने आयोगको उपस्थितिमा सम्बन्धित संस्थाले गर्ने व्यवस्था गरिएको छ ।
आयोगले सीमित प्रतियोगिता गर्न नपाइने, करारबाट सीधै स्थायी गर्न नपाइने, नयाँ जनशक्ति पदपूर्तिका लागि प्रक्रियामार्फत गर्नुपर्नेजस्ता नयाँ मापदण्ड तोकेको छ ।