पुनःनिर्माण छिटो गर्न विकास समितिको निर्देशन, पुरातात्विक महत्वका बस्तीहरु पुरानै शैलीमा बनाउनु पर्ने

पुनःनिर्माण छिटो गर्न विकास समितिको निर्देशन, पुरातात्विक महत्वका बस्तीहरु पुरानै शैलीमा बनाउनु पर्ने

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, साउन ३ ।

व्यवस्थापिका–संसदको विकास समितिले भूकम्पपछि पुनःनिर्माण कार्यलाई छिटो गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले पुननिर्माण कार्यप्रति अहिलेसम्म भएको कार्यप्रगतिबारे सरोकारवाला निकायसँग जानकारी लिई लक्ष्यअनुरुप काम नभएको निश्कर्ष निकाल्दै पुनःनिर्माण छिटो गर्न निर्देशन दिएको हो ।

समितिले आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत निकायका पदाधिकारीसँग जानकारी लिएको थियो ।

समितिले पुरातात्विक महत्वका बस्तीहरु पुरानै शैलीमा बनाउन कार्य्विधि तयार पार्न पनि निर्देशन दिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले क्षति पुगेका सम्पदाको संख्या ७५० रहेकोमा पूर्णक्षति भएका १३३ र आशिंक ६१७ ओटा रहेको जानकारी गराएको छ ।

प्राधिकरणले पुनःनिर्माण सम्पन्न भएका सम्पदाको संख्या २८ रहेको र १९१ ओटा सम्पदाको पुनःनिर्माण जारी रहेको जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले स्रोत र साधन उपलब्ध भएमा पुनःनिर्माणको काम निर्धा्रित् समयमै सकिने बताउनु भयो ।

पोखरेलले ४१ हजारभन्दा बढी युवायुवतीलाई तालिम दिइसकेकाले उनीहरु तोकिएका बस्तीमा कामका लागि खटिसकेको जानकारी गराउनु भयो ।

समितिका सदस्यहरुले गरिब र विपन्न वर्गलाई दिने क्षतिपूर्ति रकम बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले जोखिमयुक्त बस्तीलाई अन्यत्रै सारी पीडितका लागि व्यवस्थित बस्ती बसाल्नुपर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ