वालिङ, ३ साउन । स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु ४८ करोड ३१ लाख ८६ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले सार्वजनिक गरेको बजेट निःशर्त अनुदानतर्फ रु २५ करोड ५४ लाख पाँच हजार तथा सशर्त अनुदानतर्फ रु २२ करोड ७७ लाख ८१ हजार रहेको छ ।
चौधवटा वडा रहेको पुतलीबजार नगरपालिकाले प्रत्येक वडामा रु २५ लाखका दरले बजेट विनियोजन गरेको नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताउनुभयो ।
पुतलीबजार नगरपालिकाले आगामी पाँच वर्षको कार्ययोजनामा सुकुम्बासीविहीन नगर, भूकम्पपीडितलाई घर बनाउन निःशुल्क जग्गा पासको व्यवस्था, उज्यालो नगर, सरसफाइयुक्त शहर, लागू औषध नियन्त्रण, शिक्षा, खेलकुद, कृषि तथा पर्यटनलगायतलाई प्राथमिकतामा राखेको नगर प्रमुख सीमाकुमारी क्षेत्रीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline