इलाम, ३ साउन । आर्थिक वर्ष २०७३÷७४ मा रु ३७ करोड ६१ लाख ८१ हजार राजस्व संकलन भएको छ । यो गत आवको तुलनामा ९.१३ प्रतिशतले बढी हो ।
करदाता सेवा कार्यालय, जिल्ला प्रशासन, जिल्ला वन, मालपोत, पशुपतिनगर भन्सार कार्यालय र जिल्ला शिक्षा कार्यालयबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार सबैभन्दा बढी करदाता सेवा कार्यालयबाट रु २१ करोड ५८ लाख ३५ हजार, जिल्ला वनबाट रु तीन करोड ५३ लाख ६२ हजार, जिल्ला प्रशासनबाट रु दुई करोड, यातायात व्यवस्था कार्यालयबाट रु एक करोड ९४ लाख ३२ हजार र पशुपतिनगर भन्सार कार्यालयबाट रु एक करोड १८ लाख २९ हजार राजस्व संकलन भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline