औँलाको उपचार त गराए तर हिलो सडकमा चिप्लिएर ज्यान गयो !

औँलाको उपचार त गराए तर हिलो सडकमा चिप्लिएर ज्यान गयो !

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

दैलेख, साउन ३।
दैलेखको आठबीस नगरपालिका–१ मा हिलाम्य सडकको छेउबाट चिप्लिएर खोल्सामा खस्दा सात्तलाका ३८ वर्षीया टेकराज जैसीको मृत्यु भएको छ ।

खम्बडाँडाबाट एक्लै घर जाने क्रममा गएराति पाफेखोलामा खसेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

खम्बडाँडास्थित मेडिकलमा औँलाको उपचार गराएर फर्कदै गरेका जैसी मध्यपहाडी राजमार्गको चौडा सडक हिलाम्य भएको कारण सडक किनाराबाट हिँड्दा चिप्लिएर खोलामा खसेको प्रहरीले जनाएको छ ।

आफू घर आउँदै गरेको जानकारी गराएका उनी आज बिहानसम्म घर नपुगेपछि खोजी गर्दा बिहान मात्र शव पाफेखोलामा फेला परेको थियो ।

मोवाइल पानीमा खसेको, टाउकोमा चोट लागेर अत्याधिक रगत बगेको र मुखको भाग पानीमा डुबेको अवस्थामा उनी आज विहान फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ