काठमाडौ ,३ साउन ।
भूकम्पपछिको पुनरनिर्माण कार्यमा भइरहेको ढिलाइबारे व्यवस्थापिका संसदको विकास समितिले आज पुनरनिर्माण प्राधिकरणसँग सोधपुछ गर्दैछ ।
बिहान ११ बजेपछि सिंहदरबारस्थित कार्यलयमा बस्ने बैठकमा समितिले सोधपुछका लागि पुनरनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत गोविन्दाराज पोखरेललाई बोलाइएको छ ।
विनाशकारी भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पुनरनिर्माण र अनुदान वितरण कार्य प्रभावकारी रुपमा अघि बढ्न नसकेको भन्दै समितिले चासो देखाएको हो । े
पुनरनिर्माणमा भइरहेको ढिलाई तथा नितिगत समस्याबारे सिइओ पोखरेलसँग छलफल गर्ने तयारी भएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।
छलफलमा सिइओ पोखरेलसहित सरोकारवाला मन्त्रालयका सचिवहरुलाई समेत बोलाइएको छ । यसअघि दिएको निर्देशनको समेत पालना नभएपछि समितिले पुनरनिर्मँणका विषयमा पुनः छलफल गर्न लागिएको हो ।