देउवाको जालझेका कारण आइजीपी बन्नबाट वञ्चित सिलवालमाथि फेरि प्रतिसोध

देउवाको जालझेका कारण आइजीपी बन्नबाट वञ्चित सिलवालमाथि फेरि प्रतिसोध

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाको जालझेलका कारण आइजीपी बन्नबाट वञ्चित नवराज सिलवाल बढुवामा रोकिएका छन् । नसियत पाएको देखाएर एआइजी बढुवामा समेत रोकिएपछि देउवाको पूर्वाग्रही र हठी स्वाभाव छताछुल्ल भएको छ । प्रहरीमा उत्कृष्ट काम गरेर सबैलाई वाई वाई पाएपनि सिलवालमाथि राज्यले घोर अन्याय गरेको छ ।

देउवाकालमा सक्षम र क्षमतावान प्रहरी अधिकृतहरु षड्यन्त्रको शिकार बनाइएको इतिहास छ । अहिले त्यहि इतिहास दोहोर्याउन लागिपरेको उनले सिलवालबाटै शुरु गरेर धेरैमाथि अन्यायको शृंखला चलाएका छन् । जुन कुराले देउवाको छवि अलोकान्त्रिक बन्दै गएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा नवराज सिलवालले सवैभन्दा बढी अंक पाएको भनी सर्वोच्च अदालतले समेत ठहर गरेको थियो । तर , सिलवालको पक्षमा फैसला गरेको भन्दै देउवाको प्रत्यक्ष भूमिकामा सुशिला कार्कीमाथि समेत महाअभियोग लगाइएको थियो । जुन पछि फिर्ता गरियो । सिलवालले न्यायको लागि लडिरहे ।

नेपाली कांग्रेस जस्तो इतिहास बोकेको पार्टीको सभापति नै एउटा व्यक्तिको पछि लागेको देखेर देउवाप्रति टिठाउन थालेका छन् । न्याय निसाफ विचार गरेर निर्णय गर्नुपर्ने प्रधानमन्त्री जस्तो उच्च पदमा बसेको व्यक्ति हठ राखेर प्रहरी कर्मचारीको पछाडि लाग्नुले देउवा कति निकम्मा छन् भनी कांग्रेसभित्रै चर्चा परिचर्चा भइरहेको छ । आजको दृष्टि साप्ताहिकमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ