संसदमा बाढीपीडितको समस्यामा बहस भईरहँदा आरजुले डिस्कोको चिन्ता गरेपछि…..

संसदमा बाढीपीडितको समस्यामा बहस भईरहँदा आरजुले डिस्कोको चिन्ता गरेपछि…..

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ , साउन ३ । गत असार २१ गते बिहान संसदको राज्य व्यवस्था समितिको बैठक बसेको थियो । बैठकको प्रमुख एजेण्डा बाढीपहिरो र राहत वितरणसम्बन्धी थियो , सरकारले बाढीपीडितको समस्यालाई ध्यान नदिएको भन्दै विभिन्न सांसदहरुले आ–आफ्नो भनाइ गम्भीरताका साथ राखे ।

बैंठकमा कांग्रेस सांसद तथा ‘फस्ट लेडी’ आरजु देउवासमेत पुगेकी थिइन । तर, उनलाई बाढीपीडित जनताको कुनै चिन्ता थिएन । उनको चिन्ता त राजधानीका नाइटक्लब जाने युवायुवतीको थियो । बैठकमा विषय प्रसगंभन्दा फरक कुरा उठाएर आरजुले सबै सांसदलाई आश्चर्यमा पारिन् । उनीले भनिन्, ‘अस्ति म दरबारमार्ग गएको थिएँ, दरबारमार्गमा ट्यांकी जस्तो एउटा घर रहेछ , त्यो के हो भनेर सोधे ? त्यो डेजाबु भन्ने डिस्को पो रहेछ ,’ एकाएक विषय मोडेर उनले भनिन्,‘पस्ने र निस्कने साना–साना ढोका मात्र रहेछन् । २ हजार बढी मान्छे अट्ने क्लबमा आगो लाग्यो भने, भूकम्प गयो भने त्यहाँका युवा युवती कसरी बाहिर निस्कन्छन् ? यस्ता पनि नाइट क्लब हुन्छन् ? यसमा कसले ध्यान दिने ?

राज्य व्यवस्था समितिको बैठकमा नाइट क्लबलाई सुरक्षित र व्यवस्थित गर्न ृनले गृहमन्त्रीसमक्ष माग गरिन् । एजेन्डामा नभएकाले समितिका कर्मचारीले उनको विषयलाई मतलब गरेनन् । पछि उनले खोइ मेरो विषय टिपेको भन्दै टिपोट गर्न लगाइन् । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ