आज साउनको पहिलो सोमबार , मुलुकभरका शिवालयमा भत्तजनको घुईचो

आज साउनको पहिलो सोमबार , मुलुकभरका शिवालयमा भत्तजनको घुईचो

  • सोमवार, साउन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं ,साउन २ ।
साउन महिनाको पहिलो सोमबार आज मुलुकभरका शिवालयमा बिहानैबाट दर्शनार्थीको घुईंचो लागेको छ ।

हिन्दुधर्मावलम्बीले भगवान शिवको पुजाआरधना गरी आज साउने सोमबार मनाउँदैछन् । साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक बिश्वास छ ।

साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता रहि आएको छ ।

विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहंदी लगाएर भगवान शिवको पुजा आराधना गर्दै ब्रत बस्ने गर्छन् ।

यसैबीच साउनको सोमबार आज काठमाण्डौको पशुपति मन्दिर सहित मुलुकका शिवालयमा बिहानैबाट भक्तजनको घुईंचो लागेको छ ।

सुनसरीको चतरा, झापाको अर्जुनधारा, भक्तपुरको डोलेश्वर महादेव, रुपन्देहीको बोलबमधाम, धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिरमा जल चढाउनेको घुईंचो लागेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

आज बिहान पशुपतिनाथ मन्दिरमा बिहान २ बजेदेखि भक्तजन लाममा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो ।

पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले भक्तजनले दर्शन गरिरहेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रधान न्यायाधीश गोपाल पराजुलीले बिहान ७ बजे पश्चिम ढोकाबाट प्रवेश गरी पशुपतिनाथको दर्शन गर्नुभएको छ । आजदेखि देशका विभिन्न भागमा बोलबम यात्रा शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ