आफ्नै हातले पहिलो ‘एटम बम’ बनाउने यी महिला, को थिईन उनी ?

आफ्नै हातले पहिलो ‘एटम बम’ बनाउने यी महिला, को थिईन उनी ?

  • सोमवार, साउन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

एजेन्सी: सन् १९४५मा आजकै दिन अर्थात १६ जुलाईमा साँझ पाँच बजेर २९ मिनेट ४५ सेकेण्डमा अमेरिकाको मरुभूमिमा भयङकर विष्फोट भएको थियो। त्‍यहाँ विशाल धुँवाको मुस्लोले कयौ किलोमिटर ढाकिसकेको थियो जुन टाढैबाट देखिन्थ्यो।

यही धमाकेदार विष्फोटले विश्‍वलाई नै परिवर्तन गरिदियो जसका कारण अमेरिका नै पहिलो परमाणु शक्तिमा शक्तिशाली र सम्पन्‍न मुलुक बन्‍यो । न्‍यू मेक्सिकोमा संसारकै पहिलो परमाणु परीक्षण सफल भएको थियो। तर यो कुरा सिमित वैज्ञानिकहरुलाई मात्रै थाहा छ। सर्वसाधारणले भने ६ अगस्टमा जापानको हिरोसीमा र नागासाकीमा खसाइएको बम नै पहिलो भन्‍ने जानकारी छ।

खतरनाक ठाउँ
उक्त बम विष्फोटको सफलता भने जोन रोबर्ट हाइयमर र वेनेभर बुस लगायत पुरुष वैज्ञानिकलाई गयो। पत्रपत्रिका र तस्बिरमा समेत उनीहरुकै नाम छापियो। तर पुरुषसँगै उक्त एटम बम बनाउन १८ वर्षको युवतीदेखि ५० वर्षको महिला वैज्ञानिकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। जसमध्‍ये एक शसक्त महिला वैज्ञानिक हुन रुथ हडलसन।

म्‍यानहट्टन प्रोजेक्टमा क्लर्क देखि सेक्रेटरीसम्‍म
हडलसनले उक्त बम बनाउन १८ वर्षको उमेरदेखि नै म्‍यानहट्टन प्रोजेक्टमा काम गर्न सुरु गरेकी थिइन्। उक्त ठाउँलाई आधिकारिक रुपमा क्लिन्टन इन्जिनियरिङ वर्क्स भनिन्छ। जुन ५९ हजार एकड क्षेत्रफलमा फैलिएको थियो जहाँ निक्कै खतरा मानिन्थ्यो। यहाँ अमेरिकी सुरषा बलले २४ सै घण्टा निगरानी गर्ने गर्दथ्यो।

हडलसनले एक अन्तरवार्तामा भनेकी छिन्, ‘त्यहाँ काम गर्ने कसैले पनि एक अर्कालाई प्रश्‍नोत्तर सोध्‍न पाउँदैन थियो। यदि सोधेमा उसको ज्‍यान खतरामा पर्थ्यो। हामी अरुले गरेको गतिविधि एउटा कुर्सीमा बसेर नियाल्‍ने मात्र सक्थ्‍यौ।यदि कुनै काम परे सुपरभाइजर आएको बैलामा मात्रै सोध्‍ने गर्थ्‍यौ।हामीलाई यति मात्रै भनिएको थियो की हामी युद्ध जित्‍नलाई मद्दत गरिरहेका छौ।’

सिक्योरिटी क्लियरेन्समा महिला

हडलसन आफैले ठूलो ठूलो हार्डिङगोमा जानकारी लुकाएर देश सेवा गर्ने खालको नाराहरु लेखेर बस्थिन्।धेरै महिलाहरु क्लर्क, सेक्रेटरीदेखि लिएर एक आपसमा जाजुसी समेत गर्ने गर्थिन्। यस्तैमा महिला वैज्ञानिक रूथ ह्यूज़ होव्सले आफ्नो पुस्तक ‘देयर डे इन सन,विमेन अफ म्‍यानहट्टन प्रोजेक्ट’ महिलाहरुको साहासिक कामको प्रशंसा गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘म्‍यानहट्टन प्रोजेक्टमा काम गर्ने सबै महिला वैज्ञानिक थिइनन्। कोही ट्रक ड्राइभर, कोही स्विच अपरेटर, कोही सेक्रेटरी त कोही क्लर्क थिइन्। तर एउटी यस्ती महिला थिइन् जसले परमाणु परीक्षणको साइटमा ५ टन ट्रकलाई समेत चलाउने गर्थिन।’

उनले पुस्तकमा महिलाको थप चर्चा गर्दै भनेकी छन्, ‘महिलाहरु आफू गर्भवती भएको कुरा पनि त्‍यहाँ लुकाएर राख्‍न बाध्‍य हुन्थिन। किनीक उनीहरुलाई युद्ध जित्‍न र देशको सेवा गर्न सधै प्रत्साहित गर्ने गरिन्थ्यो।’

महिला वैज्ञानिकद्वारा आइसोटाइप XE-137 को व्‍याख्‍या 

यसका साथै जब प्रसिद्ध वैज्ञानिक एनरिको फर्मीलाई समस्या आइपर्दा उनले एक चिनियाँ महिला वैज्ञानिक शीन शिङग वूले सहयोग माग्नु परेको थियो।
यस्तै उनले पुस्तकमा लेखेकी छन्, ‘सन् १९४२मा सिकागोमा लार्ज स्केल प्लुटोनियम प्रोडक्शन रिएक्टर सुरु भएको केही दिनमै उक्त प्रोजेक्ट बन्द भयो।

किनकी फर्मीलाई फ्युजन प्रोजेक्टमा रियाक्शन बढी भएको र न्‍यूट्रान्स क्‍याप्‍चर भइरहेको शंका थियो।यसको भ्रम चिर्न महिला वैज्ञानिक वुले जेनन आइसोटाइप XE-137 को बारेमा बताएर समस्याकव हल गरिदिएकी थिइन्।

यस्तै अमेरिकी पत्रकार डेनिस कीरमैनले समेत आफ्नो पुस्तक ‘गर्ल्स अफ एटोमिक सिटी’मा महिलाहरुको खुलेर प्रशंसा गरेका छन्। उनले पनि महिलाले रात दिन नभनिकन एटम बमका लागि योगदान गरेको उल्लेख गरेका छन्। बीबीसीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी