काठमाडौं महानगरको बजेट १० अर्ब ७८ करोड स्वीकृत

काठमाडौं महानगरको बजेट १० अर्ब ७८ करोड स्वीकृत

  • आइतवार, साउन १, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौं, साउन १ । काठमाडौं महानगरका लागि रु १० अर्ब ७८ करोडको बजेट स्वीकृत गरिएको छ ।

काठमाडौं महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४/७५ का लागि आर्थिक विधेयकबाट रु १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ ।

संक्षिप्त विवरणअनुसार आन्तरिक आम्दानी कर आयतर्फ रु चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ रु दुई अर्ब १२ करोड गरी हुन आउने रु ६ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान रु तीन अर्ब १६ करोड ८२ लाख (यसमा समानीकरण/सःशर्त तथा निःशर्त सबै अनुदान समावेश छ) रहेको छ ।

यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिएको छ ।

त्यस्तै, मनोरन्जन करलाई नयाँ कर क्षेत्रकारुपमा राखिएको छ । यसअन्तर्गत् आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत् गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी