युनेस्को आवद्ध संस्थाको राष्ट्रिय अधिवशेन शुरु

युनेस्को आवद्ध संस्थाको राष्ट्रिय अधिवशेन शुरु

  • शनिबार, असार ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, ३१ असार । नेपालमा रहेका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)सँग आबद्ध संघसंस्था तथा क्लबहरूको राष्ट्रिय महासंघको राष्ट्रिय अधिवेशन आजदेखि शुरु भएको छ ।

अधिवेशनको आज आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा उहाँले युनेस्कोको अभियानले नेपालको शिक्षा र संस्कृतिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले युनेस्को क्लबमा युवा पुस्ता सक्रिय रहेकामा खुसी व्यक्त गर्दै युनेस्कोले गरिब निमुखा विपन्न विद्यार्थीलाई शिक्षामा सहयोग पु¥याएको बताउनुभयो ।

युनेस्कोका लागि नेपालस्थित राष्ट्रिय आयोग सचिवालयका सचिव चन्द्रकान्त भुसालले आफूहरू महासंघसँग मिलेर शिक्षा र संस्कृतिको क्षेत्रमा काम गर्न तयार रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा महासंघका संस्थापक महासचिव हिरण्यलाल श्रेष्ठले युनेस्कोमार्फत नेपालका साँस्कृतिक सम्पदा जोगाउन सकिएको उल्लेख गर्नुभयो ।

अधिवेशनमा ७५ जिल्लाका १५५ जना प्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष प्रेमनारायण अर्यालले जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ