११ एआईजीको बढुवा सिफारिस : बढुवा सूचीमा नवराज सिलवाल छुटे , यस्तो छ कारण !

११ एआईजीको बढुवा सिफारिस : बढुवा सूचीमा नवराज सिलवाल छुटे , यस्तो छ कारण !

  • शनिबार, असार ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं ,३१ असार ।

गृहमन्त्रालयले प्रहरी अतिरिक्त महानिरिक्षक एआईजीका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।

गृहमन्त्रालयका सचिव संयोजक रहेको बढुवा समितिले पहिलो वरियतामा रहेका डीआईजी नवराज सिलवालको नाम समावेश नगरी अन्य ११ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको हो ।

आईजीपीको दौडमा रहेका सिलवाल बाहेक बमबहादुर भण्डारी र जयबहादुर चन्दलाई भने एआईजीमा सिफारिस गरेको छ ।

भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चन्दलाई लागु औषध नियन्त्रण ब्यूरो काठमाण्डौमा दरबन्दी तोकिएको छ ।

चन्दलाई आईजीपीमा नियुक्त गर्ने पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको थियो । आईजीपीको दौडमा रहेका अर्का डीआईजी नवराज सिलवाललाई भने एआईजीमा सिफारिस गरिएको छैन ।

प्रकाश अर्याललाई आईजीपी बनाउने निर्णय बदरको माग गर्दै सिलवालले हालेको रिट सर्वोच्चमा विचाराधिन छ ।

यस्तै, एआईजी बढुवामा सिफारिस परेकामा देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरी राज घिमिरे, माधव प्रसाद जोशी, बिजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र बिजयकुमार भट्ट छन् ।

सिफारिस सूची अनुसार नम्बर क्रम अनुसार पहिलो नम्बरमा डीआईजी बमबहादुर भण्डारी, दोस्रो जयबहादुर चन्द, तेस्रो देबेन्द्र सुवेदी, चौथो पशुपति उपाध्याय, पाँचौमा केशरीराज घिमिरे, छैठौं माधव जोशी, सातौं विजयलाल कायस्थ, आठौं कमलसिंह बम, नौ नम्बरमा मिङ्मार लामा, १० औँ नम्बरमा रणबहादुर चन्द र ११ औँ नम्बरमा विजयकुमार भट्ट हुनुहुन्छ ।

अदालतमा डीआईजी सिलवालको मुद्दा विचाराधिन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई भने बढुवा सूचीमा छुटाएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ