भोलि (आइतबार) देखि देशभर मतदाता नामावली संकलन सुरु गरिने

भोलि (आइतबार) देखि देशभर मतदाता नामावली संकलन सुरु गरिने

  • शनिबार, असार ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, असार ३१ । निर्वाचन आयोगले भोलीदेखि देशका ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ ।

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले साउन १ गते देखि १५ गतेसम्मको लागि नामावली संकलन गर्ने जनाएको छ ।

यसअघि सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि आयोगले यसपटक नागरिकता जारी भएकै जिल्लामा गएर मतदाताको लागि फर्म भर्नुपर्ने जनाएको छ ।

यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि यहि अवधिमा सच्चाउन सकिने व्यवस्था गरिएको छ ।

यसैबीच दलहरुले भने स्थानीयतहमै पुगेर मतदाता नामवली संकलन गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

उनीहरुले मतदाता नामवली संकलनका लागि १ महिनाको अवधि कायम गर्नुपर्ने माग गरेका छन् ।

आयोगले भने समय अभाव र जनशक्ति पर्याप्त नहुँदा घरदैलोमा पुगेर मतदाता नामवली संकलन गर्न नसकिएको जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ