पार्टी भित्रको आन्तरिक बिबाद हल गर्न जरुरी छ : सिंह

पार्टी भित्रको आन्तरिक बिबाद हल गर्न जरुरी छ : सिंह

  • शनिबार, असार ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ,३१ असार ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

काँग्रेस नेता रामहरि जोशीको निधनमा कास्की काँग्रेसले आज पोखरामा आयोजना गरेको शोक सभामा बोल्दै उहाँले स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम नआए पनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा स्थापित गर्न सबैको सामूहिक प्रयासको खाँचो औँंल्याउनु भयो ।

नेता सिंहले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र काँग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन र संस्थागत विकास गर्न पार्टीको काँधमा गहन जिम्मेवारी थपिएको पनि बताउनु भयो ।

मुलुकको शासन व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा सबै राजनीतिक दल एक भएझैं आर्थिक समृद्धि र विकासका लागि पनि एकता अपरिहार्य भएको उहाँको धारणा छ ।

नेता सिंहले काँग्रेसका नेता स्व रामहरि जोशीले देखाएको बाटो अवलम्बन गरे मात्रै उहाँ प्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहर्ने जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ