काठमाडौ ,३१ असार ।
पहिरोका कारण हेटौंडा–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । सडकखण्ड अन्तगरत हेटौडाको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको थिङडाँडामा गएराति करिब २ पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो ।
पहिरोका कारण सडकखण्ड अवरुद्ध बनेपछि आज बिहानबाट वैकल्पिक मार्गका रुपमा मदन भण्डारी राजमार्ग अन्तर्गत कुलेखानी–फाखेल सडकबाट हेटौँडा–काठमाडौँको सवारी सन्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिस्नेरी सडकखण्डको थिङडाँडाको पहिरो हटाउन डिभिजन सडक कार्यालयबाट दुई डोजर त्यसतर्फ पठाइको र मौसम सुधार भएमा आज अपराह्नदेखि यातायात सेवा सञ्चालन गर्ने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्माले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline