काठमाडौ ,३१ असार ।
काठमाडौं महानगरपालिकाको नगरसभाको बैठक आजपनि बस्दैछ । पहिलो नगरसभाको हिजोबाट सुरु बैठकले आवश्यक बजेट सार्वजनिक गर्न नसकेपछि आजका लागि सारिएको हो ।
अपरान्न ३ बजेपछि बस्ने बैठकमा आजपनि महानगरपालिकाको बजेट सम्बन्धी छलफल हुने बताइएको छ । आजको बैठकमा आर्थिक र विनियोजन विधेयकमाथि छलफल भएमा बजेट आजै पारित हुने जनाइएको छ ।
महानगरपालिकाका ३२ वटा वडाका प्रमुखले आफ्नो कार्यक्षेत्रभित्र आवश्यक बजेटको खाका तयार पार्न नसकेपछि हिजो बजेट सार्वजनिक हुन नसकेको महानगर स्रोतले जनाएको छ ।
आजको बैठकमा आर्थिक र विनियोजन विधेयकमाथि छलफल गरी बजेट पारित गर्ने तयारी भएको काठमाडौ महामनगरपालिकाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिनुभयो ।
यसअघि हिजो बसेको बैठकबाट महानगरपालिकाको ९ बुँदे नीति तथा कार्यक्रम पारित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline