सहिदको सालिक अनावरणमा आमा नै नजाने ,यस्तो छ कारण

सहिदको सालिक अनावरणमा आमा नै नजाने ,यस्तो छ कारण

  • शुक्रबार, असार ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

वीरगन्ज ,३० असार ।

मधेस आन्दोलनका क्रममा संविधान जारी भएका दिन वीरगन्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका पर्साको पकाहा मैनपुरका सहिद सत्रुधन पटेलको शनिबार हुने सालिक अनावरण कार्यक्रममा सहिद उहाँकै आमा सहभागी नहुने हुनु भएको छ।

पकाहा मैनपुरमा निर्माण गरिएको सहिद पटेलको सालिकको राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले शनिबार अनावरण गर्ने कार्यक्रम छ। तर, पटेलकै आमा कुस्मी देवीले भने सालिक अनावरण कार्यक्रममा आफू सरिक नहुने बताउनु भएको छ।

सहिद पटेलकी आमा कुस्मी देवीले कुनै एउटा दलले आफूसंग सल्लाह नै नगरी आफनो राजीखुशीले सालिक बनाएको र कार्यक्रममा सबै मधेसी दलका नेता नआउने भएकाले आफू उक्त कार्यक्रममा नजाने बताउनु भएको हो।

‘जसरी मेरो छोरा सहिद भएका बेला उसको अन्त्येष्टिमा सबै मधेसी दलका नेताहरु आएका थिए अहिले सालिक अनावरण कर्यक्रममा पनि सबै नेता आउनु पर्छ भन्ने मेरो चाहना हो’, उहाँले भन्नुभयो, ‘तर, शनिबार कुनै एउटा दलले मात्र कार्यक्रम गर्दैछ त्यसैले म उक्त कार्यक्रममा जान्न, त्यो कार्यक्रममा मेरो मन्जुरी पनि छैन, मसंँग उनीहरुले सल्लाह पनि गरेका छैनन्, मेरो छोराले मधेसका लागि ज्यान दिएको हो, कुनै दल विशेषलाई राजनीति गर्नका लागि होइन। ’

मधेस आन्दोलनका क्रममा संविधान जारी भएका दिन असोज ३ गते वीरगन्जको गीता मन्दिर रोडमा प्रहरीले चलाएको गोली लागेर शत्रुधनको निधन भएको थियो। उनलाई नेपाल सरकारले सहिद पनि घोषणा गरिसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ