साइवर अपराध नै विकास र समृद्धिको चुनौती : गृहमन्त्री शर्मा

साइवर अपराध नै विकास र समृद्धिको चुनौती : गृहमन्त्री शर्मा

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ,२९ असार ।
गृहमन्त्री जनाद्र्धन शर्माले साइबर अपराधलाई नियन्त्रण गर्न नीतिगत व्यवस्था गर्ने दिशामा दक्षिण एशियाली मुलुकका अधिकारीहरुको ध्यानाकर्षण गराउनुभएको छ ।

श्रीलंकाको कोलम्बोमा आज आयोजना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका गृहमन्त्रीस्तस्तरिय आठौ सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले विकास र समृद्धिको चुनौतीको रुपमा साइवर अपराध बढेको बताउनु भयो ।

उहाँले आतंकवाद तथा आपराधिक कृयाकलाप विरुद्ध उच्चतम प्रयास चाले पनि त्यस्ता समस्याहरुको समाधानमा कठिनाइको सामना गर्नु परेको बताउनुभयो ।

आतंकवाद विरुद्ध नेपालले सात वटा महत्वपूर्ण कानुनहरु बनाउन लागेको समेत शर्माले बताउनुभयो । सम्पति शुद्धिकरण सम्बन्धि विषयहरुलाई सम्बोधन गर्नकालागि पुनरावलोकन समिति गठन गरिएको र अन्तराष्ट्रिय मापदण्ड अनुसार काम अगाडि बढेको उहाँले जानकारी गराउनु भयो ।

यसैगरी उहाँले सार्कका प्रतिबद्धता र निर्णयहरु प्रभावकारी ढंगले कार्यन्वयन गर्ने बेला भएको पनि बताउनु भयो ।
गृहमन्त्री शर्माले भ्रष्टाचारले राजनीति,त्योसँग सम्बन्धित संस्थाहरु र नेतृत्वमाथि समेत जनताको विश्वास गुम्न थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको पनि बताउनुभयो ।
उहाँले नेपालमा हालै भएको स्थानिय तहको निर्वाचनबाट देशमा राजनीतिक स्थायित्व,आर्थिक समृद्धि र सामाजिक रुपान्तरण हुने बताउनु भयो ।
दुई दिने कार्यक्रममा भाग लिन गृहमन्त्री शर्मा प्रभाकर, गृह सचिव लोकदर्शन रेग्मी र प्रवक्ता दिपक काफ्ले श्रीलंका जानु भएको हो । मन्त्री शर्मा भोली (शुक्रबार) मध्यान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ