माइतीमै श्रीमतीलाई हतियार प्रहार, श्रीमान् समातिए

माइतीमै श्रीमतीलाई हतियार प्रहार, श्रीमान् समातिए

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

खोटाङ, असार २९ । खोटाङमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाउने जन्तेढुंगा गाउँपालिका–३ काहुलेका ३६ वर्षीय केदार राई पक्राउ परेका छन् ।

माइतीघरमै पुगेर श्रीमती निर्मला राईलाई गम्भीर घाइते बनाएको अभियोगमा राईलाई प्रहरीले पक्राउ गरेको हो । माइतीघर खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा बसिरहेको अवस्थामा केदारले श्रीमतीलाई बुधबार घरेलु हतियारले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नवीनकिशोर प्रधानले बताए ।

उनकाअनुसार आक्रमणबाट निर्मलाको टाउको पछाडि तीन ठाउँमा गहिरो चोट लागेको छ भने हातका औंला काटिएका छन् । श्रीमान्को आक्रमणबाट गम्भीर घाइते भएकी निर्मलाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार भइरहेको छ । उनलाई अन्यत्र लैजाने तयारी पनि भइरहेको जनाइएको छ ।

निर्मला असार १३ गतेदेखि माइतीमा बस्दै आएकी थिइन् । राई दम्पत्तीका चार छोरी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ