पाँच सय परिवारको घरखर्च निगुरोको भरमा ,बालबालीका देखि बृद्धबृद्धासम्म निगुरो टिप्न ब्यस्त 

पाँच सय परिवारको घरखर्च निगुरोको भरमा ,बालबालीका देखि बृद्धबृद्धासम्म निगुरो टिप्न ब्यस्त 

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

मोरङ, २९ असार । मोरङ भाउन्नेका १० वर्षका दिवस पुरीलाई पनि शनिबार कहिले आउलाजस्तो लाग्छ । शनिबार उहाँ आमासँग निगुरो खोज्न जानुहुन्छ र चारवटा शनिबार जम्मा गरेको पैसाले बोर्डिङको शुल्क तिर्नुहुन्छ ।

पुरी मात्रै हैन उमेरले डाँडो काटेकाहरु पनि निगुरो टिपेर खाद्यान्न जोहो गर्दै आएका छन् । ६८ वर्षीया फुलमाया धिमाल विगत चार दशकदेखि निगुरोबाट नै जीवन धानिरहनुभएको छ । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सिमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरोले उहाँहरुको दैनिक घरखर्च र नौ महिनाका लागि खाद्यान्नको जोहो निगुरोकै कारणले हुने भएकाले १० वर्षीय पुरी एकाबिहानै निगुरो खेज्न जङ्गलतिर हानिनुभएको हो ।

पहिले पहिले निगुरो खोजेर गाउँगाउँमा डुलेर बेच्नु हुन्थ्यो उहाँ । तर अहिले जति निगुरो टिपे पनि ठेकेदारले किनेर लान्छन्, उत्साही हुँदै जीउ, अनुहार चाउरी परिसकेकी फुलमायाले भन्नुभयो ।

त्यस्तै, मोरङ भाउन्नेका ७० वर्षीय मङ्गलसिंह तामाङ र उहाँकी जीवन सङ्गीनी सोममायाको दिनचर्या अचेल निगुरो टिप्नमा नै बित्ने गरेको छ । महेन्द्र राजमार्गको भाउन्ने–लक्ष्मीमार्ग सडकखण्डमा सङ्कलन भएको निगुरो विराटनगर, धरान र विर्तामोडसम्म पुग्ने गरेको छ । ठेकदार कुमार राना भन्नुहुन्छ, “मागअनुसार आपूर्ति गर्न सकेका छैनौँ । अघिल्ला वर्ष काठमाडौँ, पोखरासमेत जाने निगुरो हाल कम सङ्कलन भएकै कारण उता पठाउन सकेका छैनौँ ।”

यहाँ सङ्कलन भएको यतै खपत हुने रानाको भनाइ छ । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सिमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरोले झण्डै ४५० परिवारको दैनिक घरखर्च मात्र चलेको छैन, आठ÷नौ महिनाका लागि खाद्यान्नको जोहो पनि निगुरोको कै आम्दानीले गरिदिएको छ ।

सो क्षेत्रबाट दैनिक रु ८० हजारको निगुरोको व्यापार हुने गरेको थोक बिक्रेता बताउँछन् । सामान्यतया महिला र पाकाले दैनिक १०० मुट्ठा र बालबालिकाले ५० मुट्ठा निगुरो खोज्छन् र ठेकेदारलाई रु १०÷१५ का दरले बिक्री गर्छन् । त्यही निगुरो ठेकेदारले मुट्ठा फुटाएर चार मुट्ठालाई पाँच मुट्ठा बनाउँछन् अनि प्रतिमुट्ठा २० का दरले बेच्छन् ।

श्रीमानले कान्छी ल्याएपछि जीवनबाट निराश हुनुभएकी डाँगीहाट–४ मोरङकी ४८ वर्षीय पद्मामाया गुरुङ निगुरोको सहारामा जीवन धानिरहनुभएको छ । पद्मामाया भन्नुहुन्छ, “दैनिक ५०÷६० मुट्ठा निगुरो खोज्छु । १० देखि २० रुपैयाँ मुट्ठाले बिक्री हुन्छ । दालभातका लागि भौँतारिएर हिँड्नु परेको छैन ।” १४ वर्षीय छोरा देवराज गुरुङले आमा पद्मामायालाई भरपुर सहयोग गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ