राष्ट्र शान्तिका लागि एक महिने कोटी होम

राष्ट्र शान्तिका लागि एक महिने कोटी होम

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौँ, २९ असार ।

राष्ट्र शान्ति र मानव कल्याणको कामना गर्दै गोकर्णेश्वर महादेव मन्दिरमा एक महिने कोटी होम महायज्ञ सुरु भएको छ ।
महायज्ञमार्फत समस्त पितृ उद्धार, भूमि पूजन र भविष्यका कर्णधार बालबालिकाको सुस्वास्थ्य एवम् दीर्घायुको संकल्प गरिएको आयोजक संस्था ओम बडिमालिका सनातन धर्म नेपालले जनाएको छ । असार २५ गते गुरु पूर्णिमाका दिन सुरु भएको महायज्ञ साउन ३० गते श्रीकृष्ण जन्माष्टमीमा पूर्णाहुति गरी समापन गरिने आयोजक समितिका संयोजक एवम् गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
एक महिनामा २१ जना ब्राह्मणले एक करोड २६ लाख पटक (सवा करोड) हवन गर्ने समितिले जनाएको छ । बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म हवन हुने गरेको छ । साउन ५ गतेदेखि पण्डित ऋषिराम पौडेलले श्रीमद्भागवत र शिव पुराण एवम् हिमवत्खण्डको नेपाल माहात्म्यमा आधारित भएर कथावाचन गर्नुहुने समितिका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनुभयो ।
महाकाली माताको संकल्पमा सुरु भएको कोटी होम महायज्ञमा राष्ट्र शान्तिको संकल्पले दैनिक रुद्राभिषेक र सप्तशती चण्डी पाठ पनि भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ