मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्री नियुक्त, को को थिए दौडमा ?

मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्री नियुक्त, को को थिए दौडमा ?

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं , असार २९ ।
सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्रीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले क्षत्रीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

मुख्य सचिवको दौडमा वरिष्ठ सचिवहरु नारायण गोपाल मलेगो, शान्तवहादुर श्रेष्ठ, शान्तराज सुवेदी, शंकर अधिकारी, ङइन्द्र उपाध्याय र लोकदर्शन रेग्मी हुनुहुन्थ्यो ।

ति मध्ये वरिष्ठताका आधारमा क्षेत्रीलाई मुख्य सचिवमा वढुवा गरिएको अर्थमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र वहादुर कार्कीले जानकारी दिनुभयो ।

मुख्यसचिव सोमलाल सुवेदी कार्यकाल नसकी एडीवीको जागिर खान फिलिपिन्सको मनिला गएपछि सरकारले क्षेत्रीलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

मुख्य सचिवमा बढुवा हुनुभएका क्षेत्री करिब ४ महिना मात्रै पदमा रहनुहुनेछ । ५८ वर्षे उमेर हदका कारण क्षेत्रीले आगामी कार्तिक ८ गते अनिवार्य अवकास पाउनुहुनेछ ।

तत्कालीन मुख्य सचिव सोमलाल सुवेदी आफ्नो पद अतिरिक्त समूहमा राखी काजमा एडीबीमा गएपछि सरकारले प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्य सचिव तोकेको थियो ।

मुख्यसचिवका सबभन्दा वरिष्ठ दाबेदार सचिव धनबहादुर तामाङले विशिष्ट श्रेणीको ५ वर्षे पदावधि पूरा गरी बुधबार अनिवार्य अवकाश पाउनुभएको हो ।

मन्त्रिपरिषद्ले मंगलबार नै मुख्यसचिव बढुवा गरेको भए तामाङ मुख्यसचिव बन्नुहुनेथियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ