चिन्ता नलिनुस् ! अबदेखि पानि पर्छ वा पर्दैन भन्नेबारे राडारले यसरी दिन्छ अग्रिम जानकारी

चिन्ता नलिनुस् ! अबदेखि पानि पर्छ वा पर्दैन भन्नेबारे राडारले यसरी दिन्छ अग्रिम जानकारी

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, २९ असार । जल तथा मौसम विज्ञान विभागले विपद् व्यवस्थापन तथा मौसम पूर्वानुमानका लागि सुर्खेतमा मौसमी राडार स्थापना गर्ने भएको छ ।

करिब १५० अर्धब्यासको आकासमा स्क्यानिङ (चित्राङ्कित) गर्नसक्ने उक्त राडारबाट आकाशमा बादल भए/नभएको, पानी के कति पर्ने भन्ने बारेमा सूचना लिन सकिनेछ ।

आकाशतर्फ तेर्साएर राखिने सो यन्त्रले ३६० डिग्रीको कोण बनाएर त्यहाँको वास्तविक अवस्थाको तस्बिर खिच्ने र त्यसका आधारमा हिमपात, असिना तथा स्थानीय क्षेत्र हवाई यातायातका लागि उपयुक्त भए÷नभएको अनुमान गर्न सकिन्छ । त्यसबाट विभिन्न नदीमा बाढी आउनसक्ने सम्भावनाको समेत विश्लेषण गरी सतर्कता अपनाउनलाई आवश्यक रणनीतिसमेत बनाउन सकिने विभागले जनाएको छ ।

विश्व बैंकको सहयोगमा करिब रु २२ करोडको लागतमा आगामी आवभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको विभागका महानिर्देशक ऋषिराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिमतालमा हुने घटबढ तथा मनसुनमा आउने फेरबदलबारे अध्ययन गरेपछि स्थानीयवासीलाई सूचना प्रवाह गरी खतरामुक्त स्थानमा सारेर धनजनको क्षति हुनबाट बचाउन सो राडारको महत्व छ ।

सो कार्य सम्पन्न भएलगत्तै उदयपुर र पाल्पामा पनि यस किसिमको राडार निर्माण गर्ने योजना विभागको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ