मुग्लिन सडकखण्ड खुलाउने प्रयास जारी

मुग्लिन सडकखण्ड खुलाउने प्रयास जारी

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

चितवन, २९ असार ।
चितवनको कालिखोला नजिकै चारकिलो भन्ने स्थानमा पहिरो खसेपछि अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्ड अझै सुचारु हुन सकेको छैन । सडक सुचारु गराउनका लागि अहिले पहल भइरहेको जनाइएको छ ।

कालीखोलाको चारकिलो र सेती दोभानमा खसेको पहिरो पन्छाउने काम भइरहेकाले केहिबेरपछि सुचारु हुने सम्भावना रहेको चितवन प्रहरीले जनाएको छ । हिजो दिउँसो साढे तीन बजे उक्त स्थानमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

उक्त सडकखण्डमा लामो जाम रहेको मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । सडक अवरुद्ध भएपछि नारायणगढबाट जाने तथा मुग्लिनतर्फबाट आउने सवारी बीचमै रोकिएका छन् ।

चार वटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी भयो । पटक पटक पहिरो खस्ने हुँदा उक्त सडकखण्डमा सवारी जोखिम पनि बढ्दै गएको छ ।

मुग्लिन सडक विस्तारका क्रममा रहेकाले विभिन्न क्षेत्रको भित्तो काटिएका स्थानबाट सुक्खा पहिरो खस्नेक्रम जारी छ । गत जेठ यता मात्रै १ सय ३८ पटक पहिरो खसि अवरुद्ध भइसकेको छ ।

जोखिम बढेपछि त्यहाँका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ