औद्योगिक व्यवसायी ऐनलाई चाँडो कार्यान्वयन गर्न नियमावली बनाउनुपर्ने

औद्योगिक व्यवसायी ऐनलाई चाँडो कार्यान्वयन गर्न नियमावली बनाउनुपर्ने

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, २८ असार । औद्योगिक व्यवसायी ऐनलाई कार्यान्वयनमा ल्याउन चाँडो नियमावली बनाउन सांसदहरुले उद्योग मन्त्रालयलाई सुझाव दिएका छन् ।

व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत रहेको प्रतिवेदन एवम् निर्णय कार्यान्वयन अनुगमन उपसमितिले उद्योग मन्त्रालयका सचिवसहितको टोलीलाई मुलुकको औद्योगिक विकासका लागि नियमावली चाँडो निर्माण गर्न सुझाव दिएको हो ।

उपसमिति संयोजक लीला श्रेष्ठले उद्योग क्षेत्रको विकासका लागि बनेको औद्योगिक व्यावसायिक ऐन, विशेष आर्थिक क्षेत्र (सेज) ऐनलगायतलाई नियमावली बनाएर यथाशक्य चाँडो कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा सांसद चन्द्र महर्जनले समितिले विभिन्न समयमा दिएका निर्देशन उद्योग मन्त्रालयले पालना नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बेरोजगार युवालाई रोजगार सिर्जना गर्ने कुरामा उद्योग मन्त्रालय गम्भीर भएन ।” सांसद राज्यलक्ष्मी श्रेष्ठले उद्योग क्षेत्र देशको आर्थिक विकासको मुख्य क्षेत्र भएकाले उद्योग क्षेत्रको काम तीव्र गतिमा गर्नुपर्ने बताउनुभयो ।

सांसद जनकबहादुर बुढाले औद्योगिक व्यवसायसम्बन्धी नियमावली बनाउन ढिला हुँदा उद्योगसम्बन्धी धेरै काम रोकिने भन्दै चाँडो बनाउनुपर्ने बताउनुभयो । उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले समितिले दिएका निर्देशनमध्ये केही निर्देशन पालना भइसकेका र केही पालना गर्न बाँकी रहेको स्वीकार गर्नुभयो ।

उहाँले औद्योगिक व्यावसायिक ऐन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन आइसकेकाले सेज ऐनको नियमावली निर्माण भएका साथै औद्योगिक व्यावसायिक ऐनको नियमावली बनाउने कार्य ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।

यस्तै उहाँले आर्थिक विकासका लागि सात प्रदेशमा निर्माण गर्न लागेको आर्थिक क्षेत्र निर्माणको काम अगाडि बढिसकेको समेत प्रष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी