नयाँ जनादेशबाट आएका प्रतिनिधिबाट मात्र संविधान संशोधन गर्नुपर्ने : सचिव आचार्य

नयाँ जनादेशबाट आएका प्रतिनिधिबाट मात्र संविधान संशोधन गर्नुपर्ने : सचिव आचार्य

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २८ असार । नेकपा (एमाले)का सचिव भीम आचार्यले तीनै तहको निर्वाचनपछि मात्र संविधान संशोधन हुने बताउनुभएको छ ।

रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नयाँ जनादेशबाट आएका प्रतिनिधिबाट नै संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले संविधान संशोधन हुन नसक्ने भन्दै राष्ट्रिय जनता पार्टीले जनताको मुद्दा नभई सत्ताका लागि संशोधन गर्न माग गरेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले एमाले जस्तो ठूलो दललाई बाहिर राखेर संधोशन गर्दा देशमा ठूलो दुर्घटना हुनसक्ने भएकाले संशोधनमा ढिलाइ भएको उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले सरकार संशोधन प्रस्ताव पारित गराउन लागिपरेको भन्दै संशोधनबिना राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो । उहाँले संशोधन प्रस्ताव पास नभए राजपाको एजेण्डा नमर्ने भन्दै निर्वाचनमा गएर एजेण्डालाई स्थापित गराउनुपर्ने धारणा राख्नुभयो ।

नेता शर्माले सरकार विस्तारका लागि आफ्नो पार्टीबाट बन्ने मन्त्रीको सूची तयार भइसकेको बताउदै प्रधानमन्त्रीले मागेका खण्डमा तुरुन्तै मन्त्रीहरुको नामावली दिने बताउनुभयो ।

राजपाका नेता वृजेशकुमार गुप्ताले संविधान संशोधन नभए आफूहरु निर्वाचनमा भाग नलिने जिकिर गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भुवन पाठकले पार्टी सरकारमा गए पनि नगए पनि संविधान संशोधनमा सहयोग गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ