प्रतिबन्धित भारु ४९ लाख ५० हजारसहित दुई पक्राउ

प्रतिबन्धित भारु ४९ लाख ५० हजारसहित दुई पक्राउ

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २८ असार । प्रतिबन्धित भारतीय रुपैयाँ ४९ लाख ५० हजारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप खाँडादेवी गाउँपालिका बस्ने मानबहादुर लामा र काठमाडाँै स्वयम्भु बस्ने अमित डंगोललाई मङ्गलबार खुशीबु लिंङ्क रोडबाट केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट भारु १००० दरको तीन हजार १०० वटा र भारु ५०० दरको तीन हजार ७०० वटा नोट गरी जम्मा भारु ४९ लाख ५० हजारसहित पक्राउ गरेको हो ।

नेपाल तथा विशेष गरी भारतबाट नेपालका विभिन्न नाकाबाट अवैध तरिकाले हाल भारतले प्रतिबन्ध लगाएको भारु ५०० र भारु १००० र का नोट नेपालमा भित्र्याइ अवैधरुपमा कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा बुझाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ