कीर्तिपुरले भूकम्पपीडितलाई घर नक्सापासमा ९० प्रतिशत कर छुट

कीर्तिपुरले भूकम्पपीडितलाई घर नक्सापासमा ९० प्रतिशत कर छुट

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २८ असार । कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख रमेश महर्जनले बताउनुभयो । यस्तै सभाले नगरवासीलाई घरजग्गा करमा १५ प्रतिशत छुट दिनेभएको छ ।

उहाँका अनुसार सभाले नयाँ आर्थिक वर्षको रु ७९ करोड ५६ लाख १४ हजार बजेट विनियोजन गरेकामा पुँजीगततर्फ ५६ रु करोड ९५ लाख र चालुतर्फ रु १२ करोड बजेट विनियोजन गरिएको छ ।

प्रमुख महर्जनका अनुसार सभाले खानेपानीको लागि रु १९ करोड नगर सडकका लागि रु पाँच करोड, युवालाई स्वरोजगार बनाउनका लागि रु एक करोड, नगर बस सञ्चालन गर्न ५० लाख, सामुदायिक विद्यालयमा कम्प्युटरका लागि रु ५० लाख बजेट छुट्याएको छ ।

सभाले कीर्तिपुरको विकास योजना बनाउनका लागि पूर्व प्रमुख हिराकाजी महर्जनको संयोजकत्वमा कीर्तिपुर विकास परिषद्समेत गठन गरेको छ । यसैगरी सभाले वडा नं– ४ र ६ बाहेक प्रत्येक वडामा रु ५० लाख बजेट विनियोजन गरेको छ ।

वडा नंं ४ र ६ ग्रामीण क्षेत्रमापर्ने भएकाले रु ७० लाख बजेट विनियोजन गरिएको प्रमुख महर्जनले जानकारी गराउनुभयो । सभाले मधुमेह र उच्च रक्तचापको वृद्धा बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तैगरी एकै बैंकबाट दिइरहेको सामाजिक सुरक्षा भत्तालाई अन्य बैकबाट पनि दिलाउने निर्णय गरेको छ । सभाले पहिलेदेखि लिइआएको करलाई यथावत् राख्दै कर नबढाउने निर्णय गरेको उपप्रमुख सरस्वती खड्काले जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी